• १३ असोज २०८१, आइतबार

कलाकारले गरे मिराकल स्किन हेयर क्लिनिकको उद्घाटन

blog

काठमाडौँ, मङ्सिर २४ गते ।  अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ । राजधानीको चाबहीलस्थित चुच्चेपाटी डाम्पा कम्प्लेक्समा रहेको क्लिनिकको कलाकार दिपाश्री निरौला, आकाश श्रेष्ठ र बेनिसा हमालले रिबन काटेर उद्घाटन गर्नुभयो । साथै उद्घाटन कार्यक्रममा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, समाजसेवी लगायतहरुको उपस्थिती रहेको थियो ।

क्लिनिकले कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, नङ सम्बन्धि सम्पूर्ण रोग, कपाल सम्बन्धि सम्पूर्ण रोग, दाद, कालोपोतो मोटोपन घटाउने र लेजर सेवा तथा सम्पूर्ण छाला यौन सम्बन्धी रोगहरुको सेवा दिने उद्देश्यले खोलिएको मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिकका अध्यक्ष सागर भुसालले जानकारी दिनुभयो ।

व्यापारीक केन्द्र बनाएर मात्रै नभएर सेवामुखी उद्देश्यले क्लिनिक खोलिएको हो । यहाँ आर्थिक अवस्था कमजोर भएका ग्राहकहरु आउनुभएमा उहाँहरुको ल्याकत अनुसार विशेष छुट दिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

उपचार तथा परामर्शका लागि डा. मोहन भुसाल, डा. एलिसा भट्टराई र डा. सन्देश मास्के रहेको क्लिनिक सञ्चालनमा आएको अवसरमा मङ्सिर र पुस महिनाभर ओपिडी तथा अन्य सेवाहरुमा ५० प्रतिशत छुटको पनि व्यवस्था रहेको अध्यक्ष भुसालले बताउनुभयो । क्लिनिक बिहान ९ बजे देखि साँझ ७ बजे सम्म खुल्ने बताइएको छ ।