गोरखापत्र समाचारदाता
काठमाडौं, असोज १३ गते । धोर्चे कार्मारोङको एकल चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुरु भएको छ । ‘कार्मारोङ : हिड्न भ्याली इन द हिमालय’ शीर्षकमा शुरु भएको उक्त प्रदर्शनीमा उहाँको २७ वटा चित्रकला प्रदर्शनीमा राखिएका छन् । थाङका चित्र सृजना गर्दै आउनुभएका उहाँका प्रदर्शनीमा राखिएको चित्रहरूले कर्णाली प्रदेशको मुगुम कार्मारोङ गाउँपालिकाको संस्कृति र जीवनशैलीलाई झल्काउँछ ।
उहाँले यस्ता खालका कलाकृतिहरू सिर्जना गर्नुको उद्देश्य भनेको मानिसहरूलाई कार्मारोङहरूबारे जानकारी गराउनु रहेको बताउनुभयो । हिमाली क्षेत्रको जनजीवनलाई पनि क्यानभासमा उतारेका छु । परम्पारगत र आधुनिक शैलीलाई चित्रहरुमा मिश्रण गरेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, यहाँ कार्मारोङ जनताको छुट्टै पहिचानको अभाव छ । किनभने जसले हामीलाई देख्नुपर्छ, वा हामीलाई स्वीकार गर्नुपर्ने हो ती अहिलसम्म देखिएका छैनन् ।
प्रदर्शनीमा राखिएको दुई दर्जन भन्दाबढी थाङका कलामा प्रकृति, हिमाली क्षेत्रमा बासिन्दाहको दैनिक जीवन, उनीहरुको आध्यात्मिक जीवनशैलीलाई पनि प्रस्तुत गरिएको छ । प्रदर्शनीमा पुग्दा उनका कतीपय थाङकाले त्यहाँको कथा नै भनेको महसुस हुन्छ । उहाँका केही कलामा आध्यात्मिक भक्ति पनि देखिन्छ । उहाँले आध्यात्मिक जीवन दर्शनलाई पनि आफ्नो कलामा अघि बढाएको जस्तो लाग्छ । प्रकृति अन्तर्गत उच्च हिमालय क्षेत्रको सुन्दरतालाई उहाँले केही थाङका कलामा प्रस्तुत गर्नुभएको छत्र ।
उहाँका अमूर्त चित्रहरूले अनेकन विशेषताहरू देखाउँछन् । ‘द डान्स अफ एलिमेन्ट्स’ शीर्षकमा, प्रकृतिका पाँच तत्वहरू समावेश गरिएको छ । त्यस्तै सुन्तला र कालो रङहरूमा विभाजन गरिएको राक्षसी अनुहारको चित्रमा विशेषता देखिन्छ । जहाँ गुलाबी हातले सर्पले कुन्डलिएको चुरोट जस्तो वस्तु समातेको छ । त्यस्तै परम्परागत कार्मारोङ पहिरनमा सजिएको परिवार, आमाले डोको बोकेको, बुबा र छोरालाई उनको पछाडि हिँडेको दृश्यले कार्मारोङको बाल्यकालको प्रतीक आभास र ग्रामीण प्रवासी कामदारको रूपमा उनका आमाबुवाको अनुभव झल्काउँछ ।
आफ्नो कलाकृतिमा, उहाँले कपडामा एक्रिलिक, नीलो, हरियो र खैरो रंगको प्राकृतिक रंगले हावी भएको जीवन्त रङ प्यालेट प्रयोग गर्ने गरेको छन् । कार्मारोङले २० वर्षभन्दा बढी समयदेखि थाङ्काको चित्र कोरेर विभिन्न देशमा आफ्नो काम प्रदर्शन गर्दै आएका छन् । उहाँको एकल कला प्रदर्शनी आध्यात्मिक र कलात्मक विकासको कथा हो । प्रदर्शनी कात्तिक ५ गतेसम्म चल्नेछ ।