• १२ असोज २०८१, शनिबार

५० वर्ष अघिको गीत नयाँ संस्करणमा

blog

गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रम । तस्बिर : मनोज रत्न शाही

काठमाडौँ, असोज १२ गते । वरिष्ठ गायक जुजुकाजी रंजितले ५० वर्ष अगाडि गाउनुभएको नेपाल भाषाको नाप च्वने मदुसां गीत पुन: नयाँ संस्करणमा सार्वजनिक भएको छ । हरिबहादुर रंजितको मौलिक संगीतमा जुगल डंगोलको नयाँ संगीत संयोजन तथा राजीव युगल श्रेष्ठको स्वरमा यो गीत तथा यसको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

एक समारोहबिच गरिएको कार्यक्रममा बागमती प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले नेपाल भाषा क्षेत्रमा लागि परेका सर्जकहरुका लागि आवश्यक बजेट विनियोजनको प्रयास भइरहेको बताउनुभयो । नीतिगत रुपमा पनि स्रष्टाहरुको सम्मान स्वरुप संरक्षणको बाटो पहिल्याउनुपर्ने बताउनुहुँदै सांसद बज्राचार्यले भाषा, गीत संगीतको विकासका लागि आफु सदा तत्पर रहेको बताउनुभयो ।


यस गीतका मौलिक गायक जुजुकाजी रंजितले आफ्नो मन्तव्य राख्नु हुँदै गायकले आफनो सिर्जना निकाल्न गाह्रो भइरहेको अवस्थामा नेपाल भाषाको गीत संगीतको संरक्षण र संवरर्द्धनका लागि संघ संस्थाले सहयोग गर्न अग्रसर हुनु पर्ने बताउनुभयो । २०३२ सालमा आफुले रेडियो नेपालमा गीत रेर्कड गरेको तर आफू वैदेशिक शिक्षा लागि रसिया गएको समयमा अरुले यो गीत गाइदिएर आफ्नो नाम नै हराएकोमा दुःख व्यक्त गर्नुभयो । यसैगरी, वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले म्यूजिक भिडियो समालोचना गर्नुहुँदै नेपालभाषामा बन्दै गरेको म्यूजिक भिडियोभन्दा फरक बनेको बताउनुभयो । आजको समय गीत सुन्ने मात्र नभएर हेर्ने समेत भइसकेको समयमा यो म्यूजिक भिडियोका नै कारण नयाँ पुस्ता माझ यो गीत पुनर्जिवित भएको बताउनुभयो ।

यस गीतको प्रस्तोता समेत रहेका इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले अहिलेको युग श्रव्य दृश्यको भएको हुनाले अब छापाबाट मात्र भाषा संरक्षणमा टेवा नपुग्ने भएका कारणले म्यूजिक भिडियो, शर्ट मूभिहरु निर्माण गरि सर्जककोहरु सम्मानमा लागि रहेको बताउनुभयो ।

यस म्यूजिक भिडियोको परिकल्पना तथा निर्देशन दर्शनवीर शाक्यले गरेको थियो भने यसको सम्पादन तथा छायाँकन मनोज रत्न शाहीले गरेका छन् भने किशोर चिपालु र रबिना तुलाधरले अभिनय गरेको छ ।