• १३ असोज २०८१, आइतबार

‘तुइन जिन्दगी’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १३ गते । डा. रेणुका सोलुको संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘तुइन जिन्दगी’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, साहित्यकार माया ठकुरी, प्राडा सावित्री मल्ल कक्षपति, समाजसेवी आङ्गेलु शेर्पा, टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, समालोचकत्रय डा. दामोदर पुडासैनी किशोर, डा. गीता त्रिपाठी, ज्ञानु अधिकारी, बलबहादुर थापा र लेखक स्वयम्ले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो । 

कार्यक्रममा साहित्यकार निलुफर बन्जराले पुस्तक पढेर पाठकीय प्रतिक्रिया राख्नुभएको थियो । डा. दामोदर पुडासैनी किशोरले, (कृतिमा समाज : हिजो र आज), सामाजिक पक्ष, ज्ञानु अधिकारीले कृतिमा मानवीय संवेदनाका आयामहरू) र डा. गीता त्रिपाठी (कृतिमा नारीवाद र नारी चेतना) विषयमा पुस्तकको समीक्षा गर्नुभएको थियो ।