• १२ वैशाख २०८१, बुधबार

एमालेको सचिवालय बैठक ११ बजे च्यासलमा बस्दै

blog

काठमाडौं, मङ्सिर २४ गते । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ । प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शुक्रबार स्थगित भएको बैठक पुनः आज बस्ने गरी निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिनिधि सभा तर्फ समानुपातिक सदस्यको नामावली टुङ्गो लगाउने र पार्टीले जनमतलाई प्रतिपक्षकै रूपमा रहेर अघि बढ्ने की सरकारमा सामेल हुने जस्ता विषयमा बैठकमा छलफल हुने रिजालले जानकारी दिनुभयो ।