• १८ असार २०८१, मङ्गलबार

भ्रष्टाचारविरुद्धको दिवस मनाइयो

blog

रजनी योगी 

सुर्खेत, मङ्सिर २३ गते । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस २०२२ विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘भ्रष्टचार गर्दैनौँ, सहँदैनौँ, म घुस लिन्न, म घुस दिन्न’ प्ले कार्डसहित आज बजार परिक्रमा गरिएको थियो । 

भ्रष्टाचार विरूद्धको अभियानमा लाग्न सबैलाई आग्रह गर्दै प्रदेश सुशासन सञ्जाल, सहकर्मी समाज र संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाले सुर्खेतको वीरेन्द्रनगरमा प्रभातफेरीको आयोजना गरिएको हो ।  

प्रभातफेरीपछि आयोजित कोण सभामा प्रदेश सुशासन सञ्जालका अध्यक्ष खिम रेग्मीले बढ्दो भ्रष्टचारलाई कम गर्न सरकारले पहल लिन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय भ्रष्टाचारको डरलाग्दो तथ्याङ्क देखापरेको भन्दै उहाँले नागरिकमा सूचनाको सहज पहूँच हुनुपर्नेमा जोड दिनुुभयो । 

भ्रष्टचारको अन्त्य गर्न सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिँदै विभिन्न नारासहित स्थानीय मंगलगढीचोकबाट सुरू गरिएको ¥याली पीपलचौतारामा समापन भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुुवा, आमनागरिकको  सहभागिता थियो । 

दिवसको अवसर पारेर अन्तरक्रिया कार्यक्रम पनि गरिएको छ । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगको कार्यक्रम सुर्खेतका उपसचिव भेषराज रिजालले उजुुरीको संख्या दोब्बरले बढेको बताउनुुभयो । 

गत वर्षको तुुलनामा यो वर्ष २१ वटा उजुुरी विशेष अदालतमा पुुगेको जानकारी दिनुुभयो । चालुु आर्थिक वर्षको यो अवधिमा २१ वटा उजुुरी विशेषमा गएका छन् । गएको आर्थिक वर्षमा १२ वटा उजुुरी विशेष अदालतमा गएको थियो । अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले भ्रष्टाचारको जालो मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।