हुम्ला , वैशाख ३० गते । ‘भ्या’ उपन्यास प्रकाशित भएको छ । उपन्यासमा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा विवाह गर्ने चलनलाई विषयवस्तु बनाइएको छ । विवाह गर्दा केटापक्षले तानेर, फकाएर, मागेर र थान हाल्ने (देउता सम्झने) चलन उपन्यासमा पाइने लेखक बखतबहादुर शाहीले बताउनुभयो ।
उपन्यासमा मानसरोवर कैलाश जाने र राम्री केटी वर माग्ने कुरालाई पनि उजागर गरिएको छ । गाउँमा कुनै समस्या, बिरामीलगायतमा समस्या आए पहिले देवताको शरणमा पुग्ने चलनलाई बाहिर ल्याउने प्रयत्न लेखकले गर्नुभएको छ ।
आमाका गर्भमा रहेको अवस्थामा छोरी भए नाम राख्ने, विवाहका लागि माग्ने कुरा पनि उपन्यासमा पाइन्छ । मुख्य पात्र देउमा र इन्द्रमार्फत धेरै कुरा थाहा पाइन्छ । शाहीको यो दोस्रो उपन्यास हो ।