• १५ असार २०८१, शनिबार

एक लाख करदाताबाट ९ अर्ब २४ करोड राजश्व सङकलन

blog

आन्तरिक राजस्क कार्यालय दमौलीको कार्यालय

तनहुँ, असार ६ गते । आन्तरिक राजश्व कार्यालय दमौलीले गत आर्थिक वर्षमा ९ अर्ब २४ करोड ९२ लाख ४ हजार रुपियाँ राजश्व सङकलन गरेको छ । झण्डै एक लाख करदाताबाट उक्त राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब ९ करोड ८६ लाख २८ हजार रुपियाँ राजश्व उठाउने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा १४ करोड बढी राजश्व उठाउन सफल भएको कार्यालयका प्रमुख कर अधिकृत डा. नारायण ढकालले जानकारी दिनुभयो । आयकर, घर बहाल कर, अन्तशुल्क, हेल्थ सर्भिस, शिक्षा सेवा कर, ब्याजकर बाट उक्त रुपियाँ सङ्कलन भएको उहाँले बताउनुभयो । अन्त शुल्क उत्पादित वस्तु निकासी गर्दा मात्रै ६ अर्ब १७ कोड ५ लाख ५१ हजार रुपियाँ सङकलन भएको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै सूर्य टोबाको कम्पनीबाट साढे ४ अर्ब भन्दा बढी राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख ढकालले बताए । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ८ अर्ब ५६ करोड ६८ लाख ३७ हजार रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा ८ अर्ब ५० करोड २६ लाख ६१ हजार रुपैयाँ राजश्व उठेको थियो । 

गत आर्थिक वर्षमा भन्दा ७४ करोड ६५ लाख ४३ हजार रुपियाँ बढी आन्तरिक राजश्व उठाउन सफल भएको ढकाल बताउनुहुन्छ ।  ६७ प्रतिशत अन्तशुल्क कर, मूल्य अभिबृद्धि कर, आयकरबाट उक्त आम्दानी गर्न सफल भएको  कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तनहुँ जिल्लाभित्र ९३ हजार ३ सय २८ जना करदाता रहेका छन् । तनहुँ जिल्लाभित्र सक्रिय करदाता आयकर तर्फ ४७ हजार २ सय ९४, व्यक्तिगत पानमा ४५ हजार ४ सय ७९ र अग्रिम कर कट्टी गर्ने ५ सय ५५ जना छन् । पछिल्लो १ वर्षमा व्यवसायिक पान तर्फ ६ हजार ३ सय ९३, व्यक्तिगत पान तर्फ १३ हजार २ सय ४२, अग्रिम करकट्टी गर्ने ३ सय ४७ गरी १९ हजार ९ सय ८२ जना करदाता थपिएका छन् ।

Author

अमरराज नहर्की