• १५ असार २०८१, शनिबार

प्रेस युनियनको महाधिवेशन आजदेखि

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन ६ गते । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौँडामा आयोजना हुने नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनकोे उद्घाटन गर्ने कार्यक्रम छ । 

दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठान र सातवटै प्रदेश समितिका प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहने भएको छ ।  महाधिवेशनबाट युनियनको आगामी नयाँ नेतृत्व पनि निर्वाचित हुनेछ ।