कैलालीको घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय पूजा सिंहलाई गत असारमा एक्कासि उच्च ज्वरो आयो ।
दुई वर्षअगाडि निर्माण सम्पन्न भएको धनगढी सभागृह अझै प्रयोगमा आउन सकेको छैन । धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँमा निर्माण गरिएको आधुनिक सभागृह निर्माण कम्पनीले स्वामित्व हस्तान्तरण नगर्दा प्रयोगमा आउन नसकेको हो ।
स्वामिकार्तिक गाउँपालिकाको सुइजिउलामा बाजुरा जिल्लाकै पहिलो बिउ बैङ्क तथा सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।
आमनेपालीले उल्लासमय वातावरणमा मनाउने दसैँतिहार र छठ जस्ता ठुला चाडको नजिक मुलुकभर प्राकृतिक विपत्ति आइलागेको छ ।
संविधान सभामार्फत् नेपालको संविधान निर्माण भई जारी भएको नौ वर्ष पूरा भएको छ ।
भक्तपुरको सल्लाघारी अवस्थित रानी पोखरी (न्हुः पुखु) । विसं १६८७ मा तत्कालिन भक्तपुरका राजा राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ । त्यसको करिब ४० वर्षपछि मात्र तत्कालिन राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउन लगाएका थिए।
नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार गठन भएदेखि नै नेपालको संविधान संशोधनको विषयले व्यापक चर्चा पाएको छ ।
केही वर्षयतादेखि सार्वजनिक ऋण बढ्दै गएकाले आमनागरिकमा चासो र चिन्ता देखिएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सुरुवात सन् १९९० डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सुरु भएको थियो ।
गायक गणेश रसिकको सोमबार राजधानीमा नागरिक अभिनन्दन गरिएको छ ।
मुक्तककार डिबी बर्तौलाको तेस्रो मुक्तक कृति विमोचनमा नयाँ अभ्यास र प्रयोग गरिएको छ ।
गायक रामचन्द्र चन्दको सहयोगार्थ राजधानीमा साङ्गीतिक कार्यक्रम गरिएको छ ।
स्याउको राजधानी मान्न थालिएको मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा उत्पादित स्याउ मिठो अनि स्वादिलो भनेर मुलुकभर प्रचलित छ ।
जुम्ला चन्दननाथ नगरपालिका–८ निवासी स्याउ किसान धर्मसिंह कठायतले यस वर्ष आफूले साढे छ लाख रुपियाँ नगद स्याउबाट आम्दानी गरेको बताउनुभयो । उहाँले यस वर्ष स्याउ उत्पादन र बजारीकरण राम्रो भएकाले खुसी पनि व्यक्त गर्नुभयो ।