• १५ असोज २०८१, मङ्गलबार

रसिकको नागरिक अभिनन्दन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १५ गते । गायक गणेश रसिकको सोमबार राजधानीमा नागरिक अभिनन्दन गरिएको छ । भोजपुर जिल्ला सम्बद्ध ३० भन्दा बढी सङ्घ संस्थाले रसिकको अभिनन्दन गरेको हो । पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले गायक रसिकको अभिनन्दन तथा ‘गणेश रसिक : अभ्यार्थना ग्रन्थ’ कृति सार्वजनिक गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्र, राष्ट्रियता र आमनागरिकका पक्षमा सिर्जित रसिकका सिर्जना रैथाने स्वादका र कालजयी रहेको चर्चा गर्नुभयो । उहाँले देश र समाजलाई रसिकले दिनुभएको योगदानका विषयमा लेखिएका लेख सङ्ग्रह गरी ग्रन्थ प्रकाशन गर्नु खुसीको विषय भएको र यसले उहाँका जीवनका आरोह अवरोधका साथै समाज र राष्ट्रलाई दिनुभएको योगदान बुझ्न सहयोग पुग्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले रसिकको साहित्यक र साङ्गीतिकसहित सामाजिक पक्ष समाजका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।  साहित्यकार गणेश रसिकले यो सम्मान तथा अभिन्दनका लागि आफू लायक छु या छैन थाहा नभएको तर यसरी अभिनन्दन गर्दा सबैप्रति आभारी रहेको प्रतिक्रिया दिनुभयो । उहाँले आफू बिरामी भएर थला परेको जानकारी दिँदै अहिले पनि उपचार जारी रहेको बताउनुभयो । 

भोजपुरे सेवा समाज काठमाडौँको आयोजना तथा एम्बिसन एकाडेमी काठमाडौँको सहआयोजनामा भएको उक्त कार्यक्रममा भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले साहित्यकार रसिकले समाज र राष्ट्रलाई सङ्गीत दिएर, कृति लेखेर महìवपूर्ण योगदान दिनुभएको चर्चा गर्नुभयो । उहाँले साहित्यकार रसिकले गीत/सङ्गीत मात्रै नभएर कुशल प्रशासक र समाजसेवीका रूपमा समेत आफूलाई उभ्याएको बताउनुभयो । 

साहित्यकार शङ्कर कोइराला र सङ्गीतकार बुलु मुकारुङले साहित्यिक तथा साङ्गीतिक क्षेत्रमा रसिकले पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । उक्त ग्रन्थको सम्पादन साहित्यकार सुदर्शन श्रेष्ठ र शशि लुमुम्बुले गर्नुभएको हो ।