प्यालेस्टिनी शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजाका मानिसहरु अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सोमबार संयुक्त राज्य अमेरिकाको नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियासँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहनुभएको छ । उहाँका आँखाले कसैलाई खोजिरहेका छन् । उहाँका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले बाढी पहिरो पीडितको राहतका लागि एक करोड ११ लाख ११ हजार एक सय ११ रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडक खण्ड अवरुद्ध भएको छ । नवलपरासीको दाउन्नेमा सडक भासिएको र होङ्सी सिमेन्ट जाने हाइटेन्सन लाइन पनि ढलेका कारण साँझदेखि बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) विजयी सुरुवात गरेको छ ।
नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि १० लाख रुपियाँ सहयोग गरेको छ ।
रुपन्देहीमा आएको बाढीमा परी शनिबारदेखि हराइरहेका दुध बोक्ने गाडीका चालक र सहचालकको शव फेला परेको छ ।
असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएको मेची राजमार्गस्थित हेवा खोला घाटमा सोमबारदेखि फड्के हाल्न थालिएको छ ।
तमोर नदीले बगाएर ल्याएको दुई महिलाको शव फेला परेको छ ।
प्रदीप खड्का र अभिलाषा विष्टले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि जित्नुभएको छ । मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो हुनुभएको हो ।
बागमती प्रदेशका भौतिक विकासमन्त्री अमनकुमार मास्केले एन.आर. कलेजले शैक्षिक क्षेत्रको विकासमा अब्बल भूमिका निर्वाह गरेको उल्लेख गर्दै राजनीतिभन्दा माथि उठेर कार्य सम्पन्न गर्न सबैसँग आग्रह गर्नुभयो ।
काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका एक सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ ।
फ्रान्सका चर्चित फुटबलर एन्टोइन ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।
तनहुँमा डेंगुको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । डेंगुको सङ्क्रमण दश वटै पालिकामा फैलिएको हो ।