मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आवधिक योजनाका आधारमा बजेट निर्माण तथा कार्यान्वयन हुन सके प्रदेश विकासमा सकारात्मक उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्कनु भएको छ ।
नेपालीहरूको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।
मधेश प्रदेश सरकारले अविरल वर्षाले पुर्याएको क्षतिबापत पीडितलाई राहत तथा पुनः स्थापना गर्नका लागि आठ करोड रकम विनियोजन गर्ने निर्णय गरेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ ।
मोरङको कानेपोखरी, ग्रामथान गाउँपालिका र विराटनगर महानगरपालिकामा सोमबार तीन जनाको शव भेटिएको छ ।
वर्षा रोकिएसँगै नारायणी नदीमा पानीको बहाव बिस्तारै घट्न थालेको छ । वर्षासँगै आएको बाढीका कारण नवलपुरमा छ सय ४१ घर डुबानमा परेका छन् ।
जुम्लाका ६ वटा गाउँपालिका साक्षर घोषणा गरिएका छन् । जुम्लाको हिमा गाउँपालिका, चन्दननाथ नगरपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिका साक्षर घोषणा गरिएका हुन् ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको काम सम्पन्न भएको खण्डको जिम्मा लिने निकाय नहुँदा मर्मत तथा रेखदेखमा समस्या भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले टोलीको नाम र लोगो सार्वजनिक गरेको छ ।
कैलालीमा हात्तीपाइले रोग उन्मूलनका लागि लामो समय नियमित हात्तीपाइले रोगको औषधी सेवन कार्यक्रम लागु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखाेलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिनुभयो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ ।