तनहुँमा डेंगुको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । डेंगुको सङ्क्रमण दश वटै पालिकामा फैलिएको हो ।
केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिराेमा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ ।
पूर्वी स्पेनमा हेलिकोप्टर बिजुलीको तारसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई एक लाख रुपियाँ दिने भएको छ ।
निरन्तर वर्षाका कारण नावा खोला र छरुवा खोलामा बाढी आएसँगै बिहीबार बिहानैदेखि अवरुद्ध बनेको तमोर कोरिडोर सडकको धनकुटा–पाँचथर भने सञ्चालनमा आएको छ ।
काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण तीन करोड बराबरको क्षति भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलनको उपचार नि:शुल्क बनाउने तयारी गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आवधिक योजनाका आधारमा बजेट निर्माण तथा कार्यान्वयन हुन सके प्रदेश विकासमा सकारात्मक उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्कनु भएको छ ।
नेपालीहरूको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।
मधेश प्रदेश सरकारले अविरल वर्षाले पुर्याएको क्षतिबापत पीडितलाई राहत तथा पुनः स्थापना गर्नका लागि आठ करोड रकम विनियोजन गर्ने निर्णय गरेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ ।
मोरङको कानेपोखरी, ग्रामथान गाउँपालिका र विराटनगर महानगरपालिकामा सोमबार तीन जनाको शव भेटिएको छ ।
वर्षा रोकिएसँगै नारायणी नदीमा पानीको बहाव बिस्तारै घट्न थालेको छ । वर्षासँगै आएको बाढीका कारण नवलपुरमा छ सय ४१ घर डुबानमा परेका छन् ।