• १४ असोज २०८१, सोमबार

स्पेनमा हेलिकोप्टर दुर्घटना : तीन जनाको मृत्यु

blog

पूर्वी स्पेनमा दुर्घटना भएको हेलिकोप्टर ।

स्पेन, असोज १४ गते । पूर्वी स्पेनमा हेलिकोप्टर बिजुलीको तारसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटना स्थानीय समय अनुसार सोमबार बिहान १० बजे पहाडी क्षेत्रको पुकोल सहर नजिक भएको हो । तीन जना विद्युतीय तारहरू निरीक्षण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनाका कारण पत्ता नलागेको र हेलिकोप्टर उच्च–भोल्टेज लाइनमा ठोक्किएको बताइएको छ । हेलिकोप्टरमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको स्वास्थ्य सेवाले पुष्टि गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल