मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरोका कारण भैँसे–भीमफेदी सडक अवरुद्ध बनेको छ ।
अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय चार जनाको पुगेको छ ।
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।
अविरल वर्षासँगै गएको बाढीले रौतहटमा दुई जनाको मृत्यु भएको छ भने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् ।
गमगढी–बालै सडक झण्डै २ महिनापछि सञ्चालनमा आएको छ । गत असारको पहिलो साता परेको भारी वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०/८१ को ३४ औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।
छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा सोमबार माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (विमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महँगी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रूपमा बजार अनुगमन गर्न निर्देशन दिनुभएको छ ।
दैलेखको भगवतीमाई गाउँपालिका–४ का नवीन बिसी पाँच वर्ष देखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’ को ‘ड्रयागन क्याप्सुल’ इनटरनेशनल स्पेस स्टेसन (आइएसएस)सँग जोडिएको छ ।
वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका सातजना अझै बेपत्ता छन् ।
मधेश प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् ।
जापानका नव निर्वाचित लिबरल डेमोक्रयाटिक पार्टी (एलडिपी नेता शिगेरु इसिबाले आगामी आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर २७ का लागि आकस्मिक निर्वाचन गराउने तयारी रहेको बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।