जापानका नव निर्वाचित लिबरल डेमोक्रयाटिक पार्टी (एलडिपी नेता शिगेरु इसिबाले आगामी आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर २७ का लागि आकस्मिक निर्वाचन गराउने तयारी रहेको बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
अविरल वर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ ।
शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठुलो जनधनको क्षति पुर्यायो ।
अर्जुनचौपारी गाउँपालिका–१ गड्यौली खोलामा बोटानिकल म्याथम्याटिकल पार्क निर्माण अगाडि बढाइएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपियाँसम्म एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ ।
प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ । “हमासका नेता फतह शरीफ अबु अल अमीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लेबनानमा रहेका हमासका विदेशमामिला हेर्ने नेताको दक्षिण लेबनानको अल बास क्याम्पमा रहेको आफ्नो घरमा भएको हवाई आक्रमणमा मृत्यु भएको छ ।”
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छजना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा ल्याइएको छ ।
विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपदबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।
नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा दशगजा तथा सीमा अतिक्रमण हुन नदिने विषयमा सहमति जनाएका छन् । भारतको गौरीफन्टामा भएको दुवै देशका सुरक्षाकर्मीको समन्वयात्मक बैठकले सो विषयमा सहमति जनाएको हो ।
स्थानीय बजारमा सोमबार पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार छ सय रुपियाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।
बागमती प्रदेशमा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ ।
इलाममा तीन दिन यता बिजुली नहुँदा यहाँका जनता सास्तीमा छन् । इलामको महमाईमा १३२ केभी प्रसारण लाईनमा क्षति भएपछि चुलाचुली गाउँपालिका बाहेक जिल्लाभर विजुली नभएको स्थानीयको भनाइ छ ।
गत बिहीबारदेखिको अविरल वर्षाले बाढीपहिरो र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ ।
साकेला सांस्कृतिक पार्क धरानमा साकेला पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बाँकेमा अलपत्र रहेको रङ्गशाला तथा कभर्डहललाई पूर्णता दिने भएको छ । बाँकेको खजुरा गाउँपालिका –४ डीगाउँमा प्रदेश सरकारले करिब एक करोड रुपियाँ खर्च गरेको पालिका स्तरीय रङ्गशालामा तीन बर्षदेखि बजेट नपरेकोमा यसबर्ष प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।