• १४ असोज २०८१, सोमबार

बाढी र डुबानपछिको काठमाडौँ (फोटो फिचर)

blog

बाढी र डुबानपछिको काठमाडौँ उपत्यकाको दृश्य । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, असोज १४ गते । गत बिहीबारदेखिको अविरल वर्षाले बाढीपहिरो र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ । विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा हुँदा विपद्जन्य घटनाहरुमा वृद्धि भइरहेका छन् । धेरै मानवीय र भौतिक क्षति पनि नेपालले व्यहोरिरहेको छ ।

काठमाडौँमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो । बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आउँदा नागरिकहरुलाई बगायो । धेरैको उद्धार भए पनि केही मानिसको ज्यान गएको छ । नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बन्यो ।