• १४ असोज २०८१, सोमबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्टको शुभारम्भ

blog

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

काठमाडौँ, असोज १४ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपियाँसम्म एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ । कानुनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिकले कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफूल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडीबुटी र सुदूरपश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिनेछ । आधार दरमा ०।५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ ।

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहनेछ भने आवश्यकता अनुसार घर÷जग्गासमेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिनेछ । कर्जाको बीमा गरनेछ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदेश विशेष कृषि कर्जा प्रदान गरिनेछ ।

हाल सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखारहित बैंकिङ् सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोर्ड सेवा, पिओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ्, परिस्कृत रुपको मोबाइल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङ सेवाहरु समेत सञ्चालनमा छन् ।