राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘विपत् पोर्टल’ मा अपूरो विवरण प्रविष्टि हुँदा भूकम्पपीडितको अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ताको रकम वितरणमा ढिलाइ भएको जनाएको छ ।
संस्कृत विषय पढाइ हुने उग्रतारा वेद विद्याश्रम दाताको सहयोगबाट सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकाम अमरगढी–८, उग्रतारा मन्दिर परिसरमा स्थापना गरिएको विद्याश्रमबाट गत वर्षको एसइई परीक्षामा पाँच जना बटुक सहभागी भएका थिए ।
अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
दसैँको सँघारमा सखिया नाचले चहलपहल हुने थारू बस्ती यतिबेला सुनसान छन् ।
अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण कोशी प्रदेशमा अहिलेसम्म सत्र जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालय वि
गाउँकै विद्यालयमा कक्षा ६ देखि १० सम्म संस्कृत विषयको पढाइ हुन्छ । संस्कृत पढ्ने आधा जति दलित समुदायका विद्यार्थी छन् ।
गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी र पहिरोले बागमती प्रदेशको जिल्लामा ठुलो सङ्ख्यामा धनजनको क्षति भएको छ । राष्ट्रिय, प्रादेशिक र ग्रामीण सडकहरू क्षति पुग्दा सडक सम्पर्क विच्छेद भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
पछिल्लो पटकको अविरल वर्षा रोकिएपछि जनजीवन आफ्नो लयमा फर्किने प्रयासमा रहे पनि पूर्ण रूपमा सहज बनेको छैन । गौर समाचारदाताका अनुसार तीन दिनदेखि परिहेको अविरल वर्षाका कारण रौतहटको बागमती, झाँझ, लालबकैया नदीमा आएको बाढीले आइतबार सदरमुकाम गौर डुबानमा परेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
यस वर्षको मनसुनी वर्षाको प्रारम्भमै बाढी, पहिरो, चट्याङलगायतका विपत्मा परेर जनधनको ठुलो क्षति भएका घटना सार्वजनिक भएका थिए ।
समसामयिक भेटघाट भन्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले ७ असोजमा सामाजिक सञ्जालमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितको एउटा तस्बिर सार्वजनिक गर्नुभयो ।
चाडपर्वहरूको पूर्वसन्ध्यामा विदेशबाट आफ्नो देश आउनेको मात्र होइन, वैदेशिक रोजगारी र अध्ययनका क्रममा विदेश जानेहरूको पनि लर्को देखिन्छ ।
अघिल्लो सरकारले विद्युत्सम्बन्धी प्रचलित ऐनलाई प्रतिस्थापन गर्न विद्युत् ऐनको मसौदा तयार गरी २०८० भदौ १२ गते मन्त्रीपरिषद्बाट पारित गरेर संसद्मा पेस गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो ।