असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ ।
नेपाल रग्बी सङ्घले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ ।
पाँचथरमा बाढीपहिरोले विद्युत र खानेपानी आपूर्ति ठप्प भएको छ। असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले खानेपानी र विद्युत आयोजनामा क्षति गरेसँगै पाँचथरमा पानी र विद्युत आपूर्ति ठप्प भएको हो।
बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छभने ५५ जना बेपत्ता भएका छन्। विपद्मा परी एक सय एक जना घाइते भएका छन्।
नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेस्क राख्ने भएको छ।
नेकपा (एमाले) ले घरबारविहिन भएकाको तत्काल खोज, उद्धार, राहत र आवासको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा दोहोरो स्वर्ण जित्नुभएको छ । कमलले ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जित्नुभएको हो ।
बाढीले क्षति भएको बिपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ।
विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई सुनौलो र समुन्नत गण्डकी प्रदेश निर्माणका लागि पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ।
पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौँ ब्याडमिन्टन प्रतियोगिताको खुला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाईँको जोडी च्याम्पियन बन्नुभएको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले मधेश प्रदेश सरकारले ल्याएको बालिका संरक्षण तथा सशक्तीकरण ऐन कार्यान्वयनका लागि प्रदेश सरकारले बेटी जिन्दाबाद महाअभियान सञ्चालन गर्न लागेको बताउनुभएको छ ।
काठमाडौँको नागार्जुन नगरपालिका–३ इचुङ्ग नारायण मन्दिर नजिकै पहिरोले घर भत्किँदा पाँच जनाको मृत्यु भएको छ । यसैगरी, पहिरोमा परी दुई जना घाइते भएका छन् ।
काठमाडौँ र धादिङको सीमा नजिकै पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा पुरिएका मानिसहरूको उद्धार भइरहँदा आइपुगेका स्थानीय र मृतकका आफन्तहरूको भिड ।
अविरल वर्षासँगै झापाको कचनकवलस्थित जमुना खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव दुई दिनपछि फेला परेको छ ।