• १३ असोज २०८१, आइतबार

सुदीप र कृष्णहरिको जोडीलाई उपाधि

blog

ब्याडमिन्टनमा उपाधि विजेता खेलाडी ।

काठमाडौँ, असोज १३ गते । पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौँ ब्याडमिन्टन प्रतियोगिताको खुला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाईँको जोडी च्याम्पियन बन्नुभएको छ । 

फाइनलमा उक्त जोडीले माधव आचार्य र सूर्य कडरियाको जोडीलाई २१–१९, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । 

यसैगरी भेट्रान्सतर्फ नारायणदास श्रेष्ठ र नारायण प्रसाईँले कालीदास देवकोटा र सुमन श्रेष्ठलाई १७–२१, २१–१५, २२–२० ले हराउँदै पहिलो हुनुभयो ।

पिस फिटनेस सेन्टरले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगितामा खुलातर्फ ५१ र भेट्रानतर्फ १७ टिमले भाग लिएको पिएफसीका अध्यक्ष सञ्जय कपालीले जानकारी दिनुभयो ।