• १३ असोज २०८१, आइतबार

नागार्जुन पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

blog

काठमाडौँको नागार्जुन नगरपालिका–३ इचुङ्ग नारायण मन्दिर नजिकै गएको पहिरो ।

काठमाडौँ, असोज १३ गते । काठमाडौँको नागार्जुन नगरपालिका–३ इचुङ्ग नारायण मन्दिर नजिकै पहिरोले घर भत्किँदा पाँच जनाको मृत्यु भएको छ । यसैगरी, पहिरोमा परी दुई जना घाइते भएका छन् । घाइतेको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार एक र आइतबार चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक पाँच जनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।