काठमाडौँको नागार्जुन नगरपालिका–३ इचुङ्ग नारायण मन्दिर नजिकै पहिरोले घर भत्किँदा पाँच जनाको मृत्यु भएको छ । यसैगरी, पहिरोमा परी दुई जना घाइते भएका छन् ।
काठमाडौँ र धादिङको सीमा नजिकै पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा पुरिएका मानिसहरूको उद्धार भइरहँदा आइपुगेका स्थानीय र मृतकका आफन्तहरूको भिड ।
अविरल वर्षासँगै झापाको कचनकवलस्थित जमुना खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव दुई दिनपछि फेला परेको छ ।
यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले अस्वाभाविक रूपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।
सप्तरीको सप्तकोसी नगरपालिका ३ सखुबनीस्थित त्रियुगा नदीमा आइतबार बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकले विभिन्न नौ वटा निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गर्नुभएको छ ।
उत्तरी गोरखाको लापुबेशीबाट काठमाडौँका लागि छुटेको बस नौबिसे–नागढुङ्गा सडक अन्तर्गत झ्याप्लेखोलामा पहिरोमा पुरिएको अवस्थामा बसभित्र ५ जनाको शव फेला परेको छ।
प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भेटवार्ता भएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको उद्धार तथा राहत कार्यमा लाग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई निर्देशन दिनुभएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको उद्धार गर्न निर्देशन दिनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्का बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गरेको छ ।
अविरल वर्षासँगै काठमाडौँसहित देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि ठुलो जनधनको क्षति भएको छ ।