धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्तदुरुस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकोप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ ।
मीना कँडेलकावासोती, असोज १३ गते । अविरल वर्षाका कारण आएको बाढीले संस्कार ह्याचरी फार्ममा ठुलो मात्रामा क्षति भएको छ । नवलपुरको मध्यबिन्दु १२ तमासपुरमा रहेको संस्कार ह्याचरी फार्ममा बाढी पस्दा २२ हजार बोइलर कुखुरा मरेका हुन् ।उक्त फार्म मध्यबिन्दु ५ निवासी चोलाकान्त काफ्ले र मध्यबिन्दु १२ निवासी युवराज काफ्लेले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो । प्रहरी चौकी अरुणखोलाका अनुसार कुखुरा मर्दा करिब एक करोड ५० लाख बढीको क्षति भएकोे छ । ह्याचरी फार्ममा रहेका कामदारलाई शनिबार राती नै उद्धार गरी सुरक्षित स्थानमा लगिएको थियो ।
निरन्तरको वर्षा, बाढी, पहिरो र डुबानका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका अवरुद्ध छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले काठमाडौँबाट लामो दूरीका कुनै पनि बस बाहिर जान सक्ने अवस्था छैन ।
तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने जापान सरकारको सहयोगमा निर्माण भएको बिपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत गरी भत्किएको छ ।
जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।
सप्तरी–सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।
बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाउनुभएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताउनुभयो ।
गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुवाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोला पहिरोभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
अविरल वर्षाका कारण सप्तकोशी नदीको चिलैया टापुमा शनिवार बिहानदेखि फसेकाहरू सकुशल रहेको बताइएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका २ बालचनखोरिया, ठाकुर बारी र राजाबासको नदी क्षेत्रमा गोठ राखेर बसेका पशुपालन कृषकहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।
बेलायती, फ्रान्सेली र इजरायली सैनिकहरू इजिप्टबाट फिर्ता नभएमा पश्चिम युरोपमा परमाणु हतियार प्रयोग गर्ने धम्की सोभियत सङ्घका नेता निकिता ख्रुस्चेभले दिँदा सन् १९५६ को स्वेज नहरको सङ्कट परमाणु युद्धको दिशामा बढ्ने जोखिम उत्पन्न भएको थियो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।