• १३ असोज २०८१, आइतबार

बाढीले एक करोडभन्दा बढीको क्षति

blog

संस्कार ह्याचरी फार्ममा बाढी पसेर मरेका कुखुराहरु ।

मीना कँडेल

कावासोती, असोज १३ गते । अविरल वर्षाका कारण आएको बाढीले संस्कार ह्याचरी फार्ममा ठुलो मात्रामा क्षति भएको छ । नवलपुरको मध्यबिन्दु १२ तमासपुरमा रहेको संस्कार ह्याचरी फार्ममा बाढी पस्दा २२ हजार बोइलर कुखुरा मरेका हुन् ।

उक्त फार्म मध्यबिन्दु ५ निवासी चोलाकान्त काफ्ले र मध्यबिन्दु १२ निवासी युवराज काफ्लेले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो । प्रहरी चौकी अरुणखोलाका अनुसार कुखुरा मर्दा करिब एक करोड ५० लाख बढीको क्षति भएकोे छ । ह्याचरी फार्ममा रहेका कामदारलाई शनिबार राती नै उद्धार गरी सुरक्षित स्थानमा लगिएको थियो ।