• १३ असोज २०८१, आइतबार

गोरखाको लापुबेंसीबाट छुटेको बस झ्याप्लेखोला पहिरोमा भेटियो

blog

मुरारी अधिकारी

धादिङ, असोज १३ गते । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुवाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोला पहिरोभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

शुक्रवार बिहान ७ बजे गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहीन भएको थियो । उक्त बसमा बसका धनी तथा चालक भीमसेन थापा गाउँपालिका ४ धावाका मदन परियार र चालक दलकै फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई थिए । बसमा धार्चेका एक जना यात्रु सुक गुरुङ रहेको र अन्य यात्रु बिचबाट चढे नचढेको भने यकिन हुन सकेको छैन । बस निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।