बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिनुभयो ।
उत्तरी गोरखाको लापुबेंसीबाट काठमाडौँको लागि छुटेको बस सम्पर्कविहीन भएको छ । शुक्रवार बिहान गोरखाको लापुबेशीबाट काठमाडौँको लागि छुटेको ना ४ ख २२७० नम्बरको बस राती १० बजेसम्म धादिङको खानीखोला सम्म सम्पर्कमा आएको त्यस पछि अहिले सम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो ।
मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।
हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।
अचम्म लाग्न सक्छ, होइन पनि भनिएला तर सत्य नै हो ।
पूर्व पश्चिमका जिल्लाहरूबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीबार साँझदेखि अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खण्ड पनि अवरुद्ध रहेको छ । जताततै आएको पहिरोका कारण राजमार्ग सुचारु हुने सम्भावना न्यून रहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
खोलासहित खोला छेउछाउमा बर्सौंदेखि निरन्तर फुरुरु आगोको ज्वाला बलिरहन्थ्यो । दैलेखको पञ्चकोशी क्षेत्रमा बल्ने त्यही आगोलाई स्थानीयले भगवान्को लीला नै सम्झिएर पूजाआजा गर्ने गरेका छन् ।
कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) एक भएको बताउनुभएको छ ।
श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षेले प्राचीन तिलौराकोटको भ्रमण गर्नु भएको छ । तिलौराकोट राजा शुद्ध धनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ हो । लुम्बिनी हुँदै प्राचीन कपिलवस्तुमा पुग्नुभएका उहाँले बुद्ध स्थल तिलौराकोट, कुदान र निग्लिहवाको बारेमा जानकारी लिदैं भ्रमण गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशको राजधानी प्रदेश सरकार र प्रदेश सभाको दुई (१० बर्से) कार्यकालमा पनि नबन्ने हो कि भन्ने चिन्ता यहाँ गर्न थालिएको छ ।
पछिल्लो पटक दुई दिनदेखि लगातार परेको पानीले जनजीवन कष्टकर बनेको छ । मधेश प्रदेशको विभिन्न नदी, खोलामा आएको बाढीले बस्ती डुबानमा परेको छ भने धानबालीमा समेत क्षति पु-याएको छ ।
सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योग कलकारखानाले अविरल वर्षाको कारण डुबानमा पर्दा अधिक क्षति व्यहोर्नु परेहको छ । यस क्रममा सोनापुरमा रहेको नेपालकै सबैभन्दा ठुलो जुट उद्योगको रूपमा रहेको अरिहन्त मल्टी फाइवर्स लिमिटेडको गोदाम घर डुबानमा पर्दा करिब एक करोड ७५ लाख मूल्य बराबरको क्षति भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा