देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।
सप्तकोसी नदीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च मापन गरिएको छ । कोशीमा सन् १९६८ यताकै पानीको बहाव उच्च मापन गरिएको हो ।
नवलपरासीको सुस्तामा नारायणीको बाढी पसेको छ । बिहान बर्षाको पानीको निकास नहुँदा जलमग्न भएको सुस्तामा राति बाँध नै भत्काएर वस्तीमा पसेको हो ।
ठुलो बर्षापछिको बाढी तथा पहिरोका कारण विपत्तिमा परेकाहरुको उद्धारमा जुट्न नेकपा (एमाले) ले आव्हान गरेको छ । एमाले कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले शनिबार सो आह्वान गर्नुभएको हो ।
पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ ।
पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका दुईवटा बसबाट १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको हो ।
देशव्यापीरूपमा परेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।
लगातार परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानबाट शनिबार साँझसम्म मर्नेको सङ्ख्या ७६ पुगेको छ ।
सिन्धुलीको सुनकोसी गाँउपालिका–१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनालाई २४ घण्टापछि शनिबार साँझ सकुसल उद्धार गरिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ सदस्य पुरिएका छन् ।
दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अविरल वर्षापछि आएको बाढीपहिराका घटनामा परेका नागरिकको खोजी, उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ ।
चित्र मिजारसिन्धुपाल्चोक, असोज १२ गते । निरन्तर परेको अविरल बर्षाका कारण बाढीपहिरोले सिन्धुपाल्चोक छजनाकाे मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । गएराती १ बजे घरमाथिबाट आएको पहिरोले लिसंखुपाखर गाउँपालिका–३ का दम्पतीको निधन भएको छ । सो गापाका अध्यक्ष राजु लामाकानुसार पहिरोले घरमा सुतिरहेका पूर्व वडा अध्यक्ष समेत रहनु भएका ७३ बर्षीया काजी लामा र उहाँकी धर्मपत्नी ७० बर्षीया सुन्तली तामाङको निधन भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी संतोष खड्काले जानकारी दिनुभएको छ । उनीहरु घरमा सुतिरहेका बेला घरमाथिबाट आएको पहिरोले पुरेको थियो । त्यस्तै सोही ठेगानाका आलोङ ग्रुङम्राङमा पहिरोले घर बगाउदाँ तिर्सना मोक्तान र उहाँकी दुई छोराछोरी गरी तिनै जनाको निधन भएको अध्यक्ष लामाले बताउनुभयो । इलाका प्रहरी कार्यालय जलविरेले दिएको जानकारीनुसार पहिरोले जुगल गाउँपालिका–१ कुनेगाउँका एकै परिवारका दुई जनाको निधन भएको छ । पहिरोले ४५ बर्षीय चित्रबहादुर मिजार र उहाँको ज्वाँई अविनाष नेपालीको मृत्यु भएको छ ।मिजारको धर्मपत्नी बर्ष ४५ की ठूलीकान्छी मिजार र अविनाषको ५ बर्षीय छोरा बेपत्ता छिन् । नेपाली र उहाँको छोरा मिजारको घरमा पाहुना आएका थिए । उक्त स्थानका १० घर पहिरो उच्च जोखिममा रहेका छन् । यस्तै सुनकोशी गापा–४ बिमरेनी स्थित सिन्धुवीच रिसोर्ट माथिबाट आएको पहिरोले दुई कोरियन नागरिक र एक नेपाली गाइड बेपत्ता भएका छन् । उक्त स्थानमा रिसोर्टमाथिबाट आएको पहिरोले १५ जना पाहुनालाई प्रहरीले सकुसल उद्धार गरेको एसपी खड्काले बताउनुभयो । यस्तै भोटेकोशी बाढी उर्लेपछि चीनको सीमा जोड्ने लार्चा बेलिबिज्र बगाएको एसपी खड्काले बताउनुभएको छ । सो पुल बगाएपछि उत्तरी सीमा चीन नाकाको आवगमन बन्द भएको छ । पुल बगाएपछि भोटेकोशी गापा–२ र ३ का बस्तीहरु आउजाउ बन्द भएको छ । सो पुलले उक्त दुई बस्ती जोडने गर्छ । पुल बगाएपछि तातोपानी नाकाबाट राजधानी जाने मालबाहक कन्टेनर पूर्ण रुपमा बन्द भएका छन् । पैदल यात्रा गर्न समेत जंगलको बाटो प्रयोग गर्नु पर्ने भएको छ । २०७४ साल साउनमा पनि बाढीले उक्त ठाउँमा रहेको पक्की पुल बाढीले बगाएको थियो । यस्तै लिपिङ पुल पनि बाढीले ६० प्रतिशत भाग खसालेको छ । यस्तै भोटेकोशी बाढीले भोटेकोशी गापा–२ स्थित नौ किलो पुरानो भ्यान पार्किङदेखि भोटेकोशी ४ गोलेपा, पाङशेर्पु गाउँ जोड्ने फलामे पुल बगाएको छ ।