परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वका अतिकम विकसित एवं भूपरिवेष्टित देशहरू पछिल्ला वर्षहरूमा आर्थिक तथा अन्य समस्यामा परेका र ती देशहरूले ‘विकासको एजेण्डा २०३०’ समेत पूरा गर्न सक्ने अवस्था नरहेकाले आवश्यक सहयोगका लागि जी-७७ समूहमा आबद्ध देशहरू र चीनलाई आग्रह गर्नुभएको छ ।
कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।
नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले कर्मचारीतन्त्र आलोचित रहेको बताउनुभएको छ ।
लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजमा पानीको बहाव पाँच लाख क्युसेक नाघेको छ ।
देशभर वर्षा भइरहँदा मनाङमा भने यस सिजनको पहिलो हिमपात भएको छ । एकातिर हिमपातका कारण नार्पाभूमि गाउँपालिकाका बासिन्दा प्रभावित बनेका छन् भने अर्कोतिर पर्यटकलाई होल्ड गरेर राखिएको छ ।
लगातारको वर्षापछि नारायणी नदी बस्तीमा छिर्दा तटीय क्षेत्र डुबानमा परेको छ ।
युक्रेनको सीमावर्ती सहर सुमीको अस्पतालमा शनिबार भएको रुसी हमलामा कम्तीमा छ जनाको मृत्यु भएको युक्रेनी आन्तरिक मामिला मन्त्रीले बताउनुभएको छ ।
सप्तकोशीको चिलैया टापुमा फसेका १८ जनाको उद्धारको प्रयास भइरहे पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको छैन ।
सडक भासिएपछि अवरुद्ध भएको राप्तीराजमार्ग एक तर्फी सञ्चालनमा आएको छ ।
अविरल वर्षाले लहान नगरपालिका–२ मिलनचोकस्थित भवरा नहरको किनारमा रहेको बरको रुख घरमा ढलेपछि दुई परिवारको बिचल्ली भएको छ ।
नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ ।
अविरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिको सामना तथा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवम् संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन भएका छन् ।
वर्षाजन्य विपदमा परी ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ ।
इलामको माङसेबुङ गाउँपालिका–५ मा वर्षासँगै आएको पहिरोले एक घर बगाएको छ ।
देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।