रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ ।
त्रिशूली नदीमा आएको बाढी धर्मशालामा पसेको छ । भरतपुर महानगरपालिका–१ देवघाटमा बाढी पसेपछि प्रहरीले एक सयभन्दा धेरैको उद्धार गरेको जनाएको छ ।
इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्षा बल (आईडीएफ) ले घटनाको पुष्टि गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ ।
कैलालीका वरिष्ठ नेत्र चिकित्सक डा. विद्याप्रसाद पन्तले पाँच हजार अमेरिकी डलर पुरस्कार राशिको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको छ ।
केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।
अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ भने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोबर ताल) मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ ।
बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण नेपालका विभिन्न जिल्लामा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६ सय ३० जनशक्ति परिचालन भएका छन् ।
लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढी बस्तीमा छिरेको छ । नदी बस्तीमा पसेपछि गैँडाकोटका करिब सय बढी घर डुबानमा परेका छन् ।
अर्घाखाँचीको मुख्य सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।
लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
तामाकोशीमा पानीको सतह बढेपछि सदरमुकाम स्थित मन्थली विमानस्थलमा पानी पसेको छ । हाटे चौरमुनि रहेको खेल मैदान समेत डुबानमा परेको स्थानीय गुजेश्वरी श्रेष्ठले बताउनुभयो ।