• १२ असोज २०८१, शनिबार

मन्थली विमानस्थलमा पानी पस्यो

blog

रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल । तस्बिर: गोरखापत्र

नवराज श्रेष्ठ

रामेछाप, असोज १२ गते । तामाकोशीमा पानीको सतह बढेपछि सदरमुकाम स्थित मन्थली विमानस्थलमा पानी पसेको छ । हाटे चौरमुनि रहेको खेल मैदान समेत डुबानमा परेको स्थानीय गुजेश्वरी श्रेष्ठले बताउनुभयो । 

रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीको जोखिममा परेको छ । निरन्तरको झरीले सुनकोशीमा बाढीको सतहले खतराको तह पार गरेको छ । सुनकोमा अत्यधिक मात्रामा बढेको बाढीको सतहले खुर्काेटस्थित मोटेरेवल पुल छोएको स्थानीयले बताएका छन् ।

रामेछाप जिल्ला र दोलखा जिल्लाका नागरिकहरू यही पुल बिपी राजमार्गबाट राजधानी काठमाडौँ आवतजावत गर्छन् । सुनकोसीमा बाढीको सतह खतराको तह पार गर्दा सिन्धुलीको खुर्काेट र मुलकोट बजार पनि डुबानमा परेका छन् । तामाकोशीमा पनि अत्यधिक मात्रामा बाढीको सतह बढेको छ ।