• १२ असोज २०८१, शनिबार

केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु

blog

सिंहदरबारमा सुरु भएको केन्द्रीय सुरक्षा समितिको बैठक ।

काठमाडौँ, असोज १२ गते । केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । शनिबार गृहमन्त्री रमेश लेखकले बाढी पहिरोसहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।

मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा, बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सतर्क रहन गृहमन्त्री लेखकले आग्रह गर्नुभयो ।

बैठक केही समयअघि सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको हो ।