दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माविमा पढ्ने एन्फा एकेडेमीका ६ जना विद्यार्थी पहिरोले बगाएर बेपत्ता भएका छन् ।
सर्लाहीको बागमती नगरपालिका –९, सक्रौल टोलमा खोलाले बगाएर एक किशोर बेपत्ता भएका छन् । शनिबार दिउँसो सोती खोला तर्नेक्रममा सोही ठाउँका सोगारथ महतोका छोरा १५ वर्षीय मुकेश महतोलाई बाढीले बगाएको हो ।
अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।
तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि बिस्तारै कम हुँदै जाने जानकारी दिनुभयो ।
अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह सतर्कताको विन्दु नजिक पुगेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीमा हाई अलर्ट जारी गरिएको छ ।
देवघाटमा निर्माण सम्पन्न हुन लागेको विद्युतीय शवदाह भवन नारायणी नदीले डुबाएको छ ।
वरिष्ठ गायक जुजुकाजी रंजितले ५० वर्ष अगाडि गाउनुभएको नेपाल भाषाको नाप च्वने मदुसां गीत पुनः नयाँ संस्करणमा सार्वजनिक भएको छ ।
अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्स)मा क्षति पुर्याएको छ ।
गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरूको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
अविरल वर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ भने अन्य तीन झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेका छन् ।
वर्षाजन्य विपदमा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो ।
खुटिया नदीमा बनेको झोलुङ्गे पुल कटानको जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुरझन्ना र गोदावरी नगरपालिका–९ धनचौरी जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको हो ।