• १४ पुस २०८१, आइतबार

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

blog

तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण राजधानीको विभिन्न क्षेत्रमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरी । सौजन्य तस्बिरः नेपाल प्रहरी

काठमाडौँ, असोज  १२ गते । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उहाँले देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिनुभयो । 

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलले आपत्कालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।  रासस