निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन ।
वर्षायामको अविरल झरी, चारैतिर हिलो र किसान वर्गका लागि कृषि पेसामा अहोरात्र खट्नुपर्ने बाध्यताको अन्त्यसँगै शरद ऋतुमा हरेक वर्ष आउने दसैँको महत्व हिन्दुका लागि ठुलो छ ।
सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उहाँकी श्रीमतीको मृत्यु भएको हो ।
यस वर्ष कर्णालीमा २५ हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको छ । सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले २५ हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेकाले यस वर्ष प्रदेशमा खाद्यान्न अभाव नहुने जनाएको छ ।
मुगुका अधिकांश महिलामा पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिएको छ ।
घरायसी कामकाजमै व्यस्त रहने पञ्चदेवल विनायक नगरपालिका–४, कालिकास्थानकी गोपा शाहीको दैनिकी अचेल फरक हुन थालेको छ । उहाँ भन्नुहुन्छ, “अहिले घरनजिकैको उद्योगमा गएर दुनाटपरीबाट पैसा कमाउन थालेकी छु ।”
जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले ‘आमा पहिलो कार्यक्रम’ लागु गरेको छ ।
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ ।
गुल्मीमा रहेका सडक आश्रित बालबालिकाको व्यवस्थापनमा सरोकारवाला निकायले चासो देखाएका छन् ।
अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण जनजीवन प्रभावित बनेको छ । वर्षासँगै आएको पहिरोका कारण हालसम्म काभ्रेपलान्चोक जिल्लामा नौ जना बेपत्ता भएका छन् ।
दुहिदिन अघिदेखि लगार वर्षाका कारण झापामा विभिन्न खोलामा आएको बाढीले बगाउँदा एक बालिका सहित ३ जना बेपत्ता भएका छन् ।
धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउदा दुई जनाको मृत्यु भएको छ ।
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको आधा दर्जन स्थानमा पहिरो जादा शनिबार रातिदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा दक्ष जनशक्ति र भौतिक पूर्वाधार अभाव हुँदा पनि वार्षिक रूपमा करिब ७४ हजार जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । गत आर्थिक वर्षमा बेनी अस्पतालबाट ७२ हजार ९३० जनाले बहिरङ्ग (ओपिडी) सेवाबाट स्वास्थ्य उपचार सेवा लिएको अस्पतालले जनाएको छ ।
अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ ।