सरकारले उखु र दुध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीका लागि गरेको पहल शुक्रबार अर्थ मन्त्रालयले उखुका लागि एक अर्ब ४५ करोड ३२ लाख रुपियाँ र दुधको रकम भुक्तानीका लागि ६० करोड रुपियाँ निकासा गरेको कृषि मन्त्रालयले जनाएको छ ।
करिब नौ महिनादेखि नेतृत्वविहीन बनेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अगाडि बढेको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै २०८० पुस २० गतेबाट बोर्ड नेतृत्वविहीन छ ।
अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ ।
चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताउनुभएको छ ।
विश्वका जुनसुकै देशबाट पनि निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयबाट भुक्तानी हुने भएको छ ।
विरल वर्षाको क्रममा खसेको पहिरोले पुरिएर शुक्रबार धादिङमा दुईजना चेपाङ र खोलाले बगाएर एकजना बालिका बेपत्ता भएका छन् ।
पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेङ्गी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको नेतृत्वमा तीन सुझाव कार्यदल गठन गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको भन्दा केही फरक देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपियाँको स्मार्टफोन आयात भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो।
निरन्तर वर्षा भएपछि मुग्लिन–नारायणगढ सडक खण्ड शुक्रबार साँझदेखि शनिबार बिहानसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा एक दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी जानकारी गराउने उद्देश्यसाथ कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एआई नीति तयारीको काम भइरहेको बताउनुभएको छ। शुक्रबार राजधानीमा आयोजित एक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो।