झापामा लगातर दुई दिन अघिदेखि अत्यधिक वर्षा भएपछि उच्च सतर्कता अपनाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाले सबै मातहतका निकायलाई उच्च सतर्कता अपनाएर बस्नका लागि निर्देशन गरेको हो।
लगातारको वर्षापछि आएको बाढी र पहिलोका कारण देशभर सात वटा राजमार्ग अवरुद्ध भएका छन्। राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सात वटा राजमार्ग अवरुद्ध हुँदा ३४२ राजमार्ग एकतर्फी मात्र सञ्चालन भएका हुन्।
न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ ।
पहिरोका कारण शुक्रबार बिहादेखि अवरुद्ध हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौँ जाने सडकमा पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।
काठमाडौँको नयाँ बसपार्कमा शुक्रबार “चाड पर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१’’ को सुरुवात भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले अभियानको उद्घाटन गर्नुभएको हो ।
नवलपुर जिल्लामा कम उमेरमा गर्भपतन गराउने किशोरीको सङ्ख्यामा वृद्धि भएको छ ।
लागताको वर्षाका कारण इलामका अधिकांश ग्रामीण सडक अवरुद्द भएका छन् । लागतारको वर्षाका कारण पहिरो झरेपछि ग्रामीण सडक अवरुद्द भएका हुन् ।
सरकारले दुध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको विशेष पहलमा दुध तथा उखु किसानका लागि झण्डै दुई अर्ब रुपियाँ निकास भएको हो ।
अविरल वर्षपछि आएको पहिरोले अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने तीन वटै मार्ग सुचारु भएको छ ।
अविरल वर्षातसँगै बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेंसीमा माथिबाट झरेको लेदोको कारण सडक अवरुद्ध हुँदा शुक्रबार बिहानदेखि रोकिएका सवारीका साधन ।
नारायणी नदी पार गर्नका लागि झोलुङ्गे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली छाएको छ ।
दसैँ, तिहार र छठ लगायतका चाडपर्वलाई विचार गर्दै नेपालगन्ज सहरको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने निर्णय गरिएको छ ।
नेपाल होटल सङ्घ (हान) का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पर्यटन क्षेत्र रहेको बताउनुभएको छ । पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।