भिषण वर्षापछि नवलपुरको कावासोती –१५ को धान बारीको कुलोमा आएको पानीमा माछा मार्दै थारु महिला । थारु महिलाको महान पर्व जितियाको आज अन्तिम दिन, थारु समुदायले जितियामा माछाका परिकारलाई अनिवार्य खानाको रुपमा प्रयोग गर्छन् । तस्विरः बोमलाल गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् । झडपका घटनामा १५० भन्दा बढी घाइते भएका छन् ।
जिल्लाको पर्यटन क्षेत्रमा योगदान पुर्याउने पर्यटन अभियन्ता र पत्रकारलाई सम्मान गरिएको छ ।
पहाडकी रानी उपनामले चिनिएको तनहुँस्थित बन्दीपुरलाई ‘भिजिट बन्दीपुर–२०२५’ घोषणा गरिएको छ । पर्यटन दिवसको अवसरमा बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि घोषणा गरेको हो ।
चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने प्रयास गरेको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि उक्त खण्ड बन्द भएको हो ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा खेवाङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै सबैभन्दा कठिन मोडमा रहेकाले मानव हितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताउनुभएको छ ।
लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा पाँच सय रुपियाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो हुन पुगेको छ ।
एशियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षको भारतको वृद्धि प्रक्षेपण ७ प्रतिशतमा कायम राखेको छ ।
कैलालीमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
अविरल वर्षासँगै सडकमाथिबाट झरेको लेदोको कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । शुक्रबार बिहान करिब ९ः१५ को समयमा वर्षासँगै आएको लेदोको कारण विपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका –८ चारसय बेशीमा सडक अवरुद्ध भएको थियो ।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्री देखि कपुरकोटसम्मको सडक तीन अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिनसम्म त्यस क्षेत्रको सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुनै समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले राससलाई बताउनुभयो ।