कुलेखानी जलविद्युत आयोजनाको जलाशय इन्द्रसरोवर तालको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
काठमाडौँ प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नारासमेत अघि सारेको छ । यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले आउँदा चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश पर्यटन विकासका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ।
सत्तारुढ दल नेकपा (एमाले)ले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरु मनाउँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पुर्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।
ताप्लेजुङस्थित पाथीभरा केबुलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले केबुलकार निषेध गर्ने भएका छन्। पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको विरोध गर्दै आएको समूहहरुले केबुलकार निर्माण गर्न नहुनेभन्दै पाथीभरा (मुक्कुमलुङ) मा केबुलकार निषेध गर्ने भएका हुन्।
विश्व पर्यटन दिवसको सन्दर्भमा झापामा जैविक विविधता पर्या–पर्यटन सम्बन्धी चित्रकला प्रदर्शनी गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन आरोपमा पक्राउ पर्नुभएका गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीमाथि अनुसन्धान गर्न शुक्रबार दोस्रो पटक म्याद थप भएको छ।
सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्नुहुने आधिकारिक मतगणनाले देखाएको छ ।
आगामी वर्ष २०८२ लाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने भएको छ ।
मुलुकको सर्वोच्च अदालतले भिसा प्रशोधन विदेशी कन्सोर्टियमलाई आउटसोर्स गर्ने विवादास्पद करोडौँ डलरको सम्झौतालाई निलम्बन गरेपछि श्रीलङ्काले पर्यटनलाई प्रोत्साहन गर्न अनलाइन भिसा आवेदन प्लेटफर्म पुनःस्थापना गरेको छ ।
लेबनानसँगको सीमा नजिक शुक्रबार इजरायलले गरेको हवाई आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु भएको सरकारी समाचार संस्था सानाले सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
जल तथा मौसम विज्ञा विभागले काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तहपार गरेको जनाएको छ ।
तीन दिनअघिदेखि भइरहेको वर्षाका कारण पहाडी जिल्ला पाँचथरको जनजीवन प्रभावित भएको छ ।