• १२ असोज २०८१, शनिबार

गण्डक ब्यारेजमा बहाव ५ लाख क्युसेक नाघ्यो

blog

गण्डक व्यारेजमा आएको जलको बहाव ।

बोमलाल गिरी

नवलपुर, असोज १२ गते । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजमा पानीको बहाव पाँच लाख क्युसेक नाघेको छ । शनिबार दिउँसो ४ बजेसम्म ब्यारेजमा ५ लाख एक हजार ६ सय पचास क्युसेक बहाव मापन गरिएको छ । 

दिउँसो २ बजे ४ लाख ४९ हजार मापन भएको थियो भने मध्यान्ह १२ बजे ४ लाख २० हजार क्युसेक पानीको प्रवाह मापन गरिएको ब्यारेजको भूआर्जन केन्द्रले जनाएको छ । हरेक घण्टा पानीको बहाव बढिरहेको र पानी पर्नेक्रम पनि नरोकिएकाले बहाव अझै बढ्न सक्ने ब्यारेजका भुआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिनुभयो । 

संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाह हुँदा खतराको सूचक मानिन्छ । पानीको बहाव बढेपछि बिहानैदेखि ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनुभयो ।