• १३ असोज २०८१, आइतबार

बाढीपछि ललितपुरको नख्खु चोभार क्षेत्र

blog

बाढीपछि देखिएको ललितपुरको नख्खु चोभार क्षेत्र ।

काठमाडौँ, असोज १३ गते । अविरल वर्षासँगै काठमाडौँसहित देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि ठुलो जनधनको क्षति भएको छ ।

प्राकृतिक प्रकोपले धेरै ठुला–साना सडक अवरुद्ध भएका छन् । कैयौँ पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । साथै काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका छन् ।

अस्तव्यस्त बन्न पुगेको जनजीवनलाई यसले झनै कष्टकर बनाउन सक्ने देखिन्छ । प्रकोपका कारण अर्बौँको क्षति भएको छ । केही विद्युत गृह क्षतिग्रस्त बनेका छन् । यसैगरी, सञ्चार सेवा कैयौँ ठाउँमा अवरुद्ध भएको छ । खानेपानीको वितरण प्रभावित भएको छ ।