• १३ असोज २०८१, आइतबार

पर्यटकको उद्धार गर्न मन्त्री पाण्डेको ९ बुँदे निर्देशन

blog

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे। फाइल तस्बिर

काठमाडौँ, असोज १३ गते।  संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको उद्धार गर्न निर्देशन दिनुभएको छ। 

मन्त्री  पाण्डेको संयोजकत्वमा मन्त्रालय सम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग आकस्मिक बैठकमार्फत उक्त निर्देशन दिनुभएको हो।  मन्त्री पाण्डेको संयोजकत्वमा बसेको बैठकले विभिन्न ९ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो। 

अलपत्र पर्यटकहरूलाई तत्काल उद्धार गर्नका लागि उद्धार कार्यमा पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्ने, आन्तरिक उडान अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण  र सम्बन्धित वायुसेवा कम्पनीले आवश्यक समन्वय गर्ने, हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित एवं सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने, वायुसेवा कम्पनीका हेलिकोप्टर र र्‍याफ्टिङ एसोसिएसनका जनशक्ति तथा उपकरणलाई अधिकतम परिचालन गर्नेलगायत निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो।