• १३ असोज २०८१, आइतबार

प्रधान सेनापति र चीनका राजदूत बिच भेटघाट

blog

प्रधान सेनापति महारथी अशोकराज सिग्देलसँग भेटवार्ता गर्नुहुँदै नेपालका लागि चीनका महामहिम राजूदत चेन सोङ । तस्बिर : नेपाली सेना

काठमाडौँ, असोज १३ गते । प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङबिच भेटवार्ता भएको छ । आइतबार दिउँसो जङ्गी अड्डामा उहाँहरूबिच भेटवार्ता भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबिच रही आएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।