• १४ असोज २०८१, सोमबार

सुनको मूल्य तोलामा एक सयले घट्यो

blog

काठमाडौँ, असोज १४ गते । स्थानीय बजारमा सोमबार पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार छ सय रुपियाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपियाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ । रासस