• १४ असोज २०८१, सोमबार

बत्ती नहुँदा तीन दिनदेखि इलाम अँध्यारो

blog

कोकिला ढकाल

इलाम, असोज १४ गते । इलाममा तीन दिन यता बिजुली नहुँदा यहाँका जनता सास्तीमा छन् । इलामको महमाईमा १३२ केभी प्रसारण लाइनमा क्षति भएपछि चुलाचुली गाउँपालिका बाहेक जिल्लाभर बिजुली नभएको स्थानीयको भनाइ छ । 

महमाईमा रहेको विद्युत् पोलमा क्षति भएको विद्युत् प्राधिकरणले जनाएको छ । अझै बत्ती आउने टुङ्गो छैन । विद्युत् नहुँदा इलामका एफएम रेडियो र पत्रपत्रिकालगायत सञ्चार माध्यमसमेत बन्द छन् ।विद्युत् नहुँदा सर्वसाधारण समस्या छन् ।