• १४ असोज २०८१, सोमबार

काभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्र प्रहरीको गाडीमार्फत काठमाडौँ ल्याइयो

blog

काभ्रेमा अलपत्र परेका यात्रुलाई काठमाडौँ ल्याइँदै सशस्त्र प्रहरीको गाडी । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, असोज १४ गते । काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका एक सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ ।

सशस्त्रका डिएसपि एवम् सह प्रवक्ता शैलेन्द्र थापाले सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करीब १५ किलोमटिर पूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र तीन जना बच्चा गरी ६५ जनालाई काठमाडौँतर्फ ल्याएको जानकारी दिनुभयो ।

यसैगरी, काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टर मार्फत धुलिखेल ल्याइएका ४२ जना महिला, ३३ पुरुष र आठ जना बच्चा गरी ८३ जनालाई काठमाडौँतर्फ ल्याइएको छ ।

विभिन्न ठाउँमा अलपत्र परेका व्यक्तिहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट तीन वटा बससहित तीनवटै सुरक्षा निकायले संयुक्त रुपमा कार्य गरिरहेको जानकारी उहाँले दिनुभयो ।