सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ ।
घोराही उपमहानगरपालिका–१४ झिंगौराका लोकेन्द्र रोका मगरले तिहारलाई लक्षित गरेर व्यावसायिक रुपमा गर्नुभएको सयपत्री फूल खेती ।
विगत तीन दशकदेखि पाल्पामा समाजसेवा गर्दै आउनु भएका जापानी नागरिक काजुमासा काकिमी (ओके बाजे) लाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको छ ।
स्याङ्जाको चापाकोटमा बम बिस्फोट भएको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोट भएको हो ।
नेपाली कांग्रेसका नेता एवम् सांसद डा. शेखर कोइरालाले देश राजनीतिक रुपमा अप्ठ्यारोमा परेकाले कांग्रेस र एमाले बिच गठबन्धनको सरकार बनेको बताउनुभएको छ।
चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आउनुभएको छ । शनिबार उहाँ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुभएको हो।उहाँलाई स्वागत गर्न नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए।
कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभुलीमा आयोजित प्रथम डिवाइएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका–७ ले हात पारेको छ।
ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा४ख १०६ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिनुभयो।
पाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएका एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दाबी गर्नुभएको छ।
दाङमा एक महिलाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –३ स्थित अँगेरी खोलामा २८ वर्षीया मिना कठायतको शव फेला परेको हो ।
नवलपुरमा भएको बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका –२ की २० वर्षीया पवित्रा मर्साङ्गी र सोही ठाउँका १८ वर्षीय पवन मर्साङ्गीको घटनास्थलमै मृत्यु भयो । ३१ जना घाइते भए ।
कालीकोटको तिलागुफा नगरपालिका–६ खल्लामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लाको मोडबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकै दिन करिब छ हजार जना भक्तजन पुगेका छन् । शनिबार एकै दिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको अल्पसङ्ख्यक महाउत समुदायलाई लोपोन्मुख अल्पसङ्ख्यक जातीको सूचीमा राख्नुपर्ने माग त्यो समुदायका अगुवाले गरेका छन्।
कतारमा अक्टोबर २३ देखि २७ तारिखसम्म हुने एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ गरिएको छ ।