• ४ कात्तिक २०८१, आइतबार

बम बिस्फोटमा एक घाइते, घरमा क्षति

blog

राधाकृष्ण डुम्रे 

वालिङ, कात्तिक ३ गते । स्याङ्जाको चापाकोटमा बम बिस्फोट भएको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोट भएको हो । पुरीको तीन तले कच्ची घरको माथिल्लो तलाबाट दोस्रो तलामा सामान सार्ने क्रममा शनिबार साँझ बम बिस्फोट भएको वडा न ४ का वडाअध्यक्ष अर्जुन खांणले जानकारी दिनुभयो । 

घटनामा परी ४५ वर्षीय घरधनी पुरी घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ । पुरीको बायाँ आँखा भन्दा मुनी बायाँ खुट्टा र नाइटो भन्दा तल चोट लागेको वडा अध्यक्ष खांणले बताउनु भयो । पुरी नेपाल सेनाको पूर्व कर्मचारी हुनुहुन्छ । उहाँले दुई वर्ष अगाडि अबकास लिनु भएको परिवारले जनाएको छ । 

घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आईतबार नेपाली सेना सहितको टोली घटनास्थलमा पुग्ने छ । घटनाबारे बिस्तृत अनुसन्धान हुने उहाँको भनाइ छ । बम कुन प्रकृतिको हो अनुसन्धान पछि जानकारी हुने प्रहरीले जनाएको छ ।

घाईते पुरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पुरीको कच्ची घरमा समेत क्षति पुगेकोे प्रहरीको भनाई छ ।