सदरमुकाम बेनीसँग धवलागिरि गाउँपालिकालाई जोड्ने बेनी-दरबाङ-ताकम-मुना सडक योजना अन्तर्गत धवलागिरि गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको कामले गति लिएको छ ।
ताप्लेजुङमा अभद्र व्यवहारको आरोपमा दुईजना युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका –४ का २१ वर्षीय प्रदीप पौडेल र वडा ८ का निश्चल गुरुङ पक्राउ परेका हुन् ।
तिहार आउन अब केही दिन मात्रै बाँकी छ । यस वर्ष कात्तिक १८ गते भाइटिका परेको छ । १४ गतेदेखि तिहार विधिवत रुपमा सुरु हुनेछ । यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइ नभ्याइ छ ।
देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले उत्तर कोरियाले रूसमा सेना पठाउन गरेको तयारी बारे चिन्ता व्यक्त गरेका छन् ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विवादास्पद व्यापारीको घरमा बसेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेविरुद्ध लाञ्छना लगाउन नसुहाउने बताउनुभएको छ ।
वीरगञ्जको स्थानीय बजारमा भारतीय मुद्राको सटही दर हालसम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकले भारतीय एकसयको नेपाली मुद्रा एकसय साठी र बट्टा पन्द्र पैसा तोकिएको भए पनि वीरगञ्ज र सिमापारीको भारतीय बजार रक्सौलमा भारतीय रुपियाँ एक सयको नेपाली रुपियाँ एक सय ६४ र ६५ मा कारोबार तथा लेनदेन भइरहेको स्थानीय तथा व्यवसायीहरुको भनाइ छ ।
विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ ।
दाङमा लोकल माहुरीको व्यावसायिक पालन बढ्दै गएको छ । लोकल माहुरीको व्यावसायिक पालनबाट राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाको पहाडी क्षेत्रमा जङ्गलमा पाइने सेरेना माहुरीको पालन बढ्दै गएको हो ।
वर्तमान सरकार गठन भएको मङ्गलबार एक सय दिन पुगेको छ । यस अवधिमा सरकारले गरेका विभिन्न उपलब्धिसँगै वन तथा वातावरण मन्त्रालयले गरेको उपलब्धि सार्वजनिक गरेको छ ।
हालसम्म करीव ९८ प्रतिशत प्रभावितलाई मुआब्जा वितरण गरि सकेको आयोजनाले जनाएको छ ।
हाइटीका गिरोहहरूले राजधानी पोर्ट–आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार मानिस विस्थापित भएको नागरिक सुरक्षा विभागले सोमबार जनाएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो कार्यकालमा राम्रो कामको लागि प्रयास गर्ने, नसकिएमा नराम्रो हुन नदिने बताउनुभएको छ ।
आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ ।
नेकपा (माओवादी केन्द्र)ले यही कात्तिक १० गते काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।